Saturday 29 March 2008

तल को भिडियो ले तपाइ लाइ अर्कै आभास हुन्छ र कता कता हामि कति पछाडि छौ भन्ने पनि । तर पनि मैले जिमि सर को कथा सुनेको थिए र साथ नेपाल को गाँउ बिकास को लागि उनले गरेका प्रयास । जे भए पनि धन्यबाद उनि जस्ता समाजसेबि का लगि। मेरो तर्फबाट। नेपाल चिनाउन सहयोग गरेको मा।





If You Became Chairman For your Ga Bis , what can you change for your People

यदि तपाइ गाबिस अध्यक्ष हुनु भयो भने के गर्न सक्नु हुन्छ होला त्यो गाबिस को मुहार फेर्न र कसरि?
यो मेरो नितान्त पर्सनल सोच हो र यसमा तपाइ हरु को पानि सहयो चाहिन्छ । किनकि अब नेपाल तपाइ हामि ले बनाउने हो , अरु ले होइन । त्यसैले यसमा भएको त्रुटि सच्याउन हजुर हरु को सुझाब ।

Nepal is changing so our villages are changing as well but the society is the same uneducated, poverty, conservative and lack of resources to comply with new changes. Therefore we need to change our society before some one from society start war to survive. This is my personal view to develop my society, may be it is not realistic . But we can make realistic by changing or correcting mistakes or accepting new changes. Your and my voice can make big difference in our changing society so please spent few spare minutes to think how can we change our society and drop your view in this blog so other people can listen . If we don't speak no body is going to listen you so please speak up.

. हरेक लाइ शिक्षा
मेरो गाबिस जुन महेन्द्र राजमार्ग सँग जोडिएको छ र एउटा बिकाससिल गाबिस मा पर्दछ चितवन को । तर पनि त्याँहा अझै पढन नपाएका धेरै भाइ बहनि छन् अनि कति दाजु दिदि र आमा बुबा ले अक्षर चिन्नु हुन्न । त्यसैले मेरो यसमा सुधार ल्याउने सोच यस्तो छ।


१.१ गाबिस मा शिक्षा अनुगमन गर्न एक कर्मचारि राखिने, जुन शुरुका केहि बर्ष सम्म समाजसेवा सरह रहने छ . उसले गाबिस मा भएका शैक्षिक संस्थाको प्रर्गति को मुल्याङकन मात्र गर्दैन कि कुनै क्षेत्र मा शुधारनु पर्ने छ भने त्यसको सल्लाहा पनि दिन्छ, गाबिस अनि स्कुल लाइ।
१.२ गाबिस मा निर्वाचित हुने सदस्य अनि शिक्षा अनुगमन कर्मचारि र गाँउ का समाजसेबि मार्फत हरेक बार्ड मा कति मानिस बस्छन र कति ले कति पढेका छन मात्र नभएर कस कसका कति छोरा छोरि छन, कस कसले काँहा पढछन वा पढाउछन, कति मा पढछन र कति घरको कमाइ हुन्छ र कति दाजु भाइ दिदि बहिनि ले पढेका छैन्न भनेर (बिस्त्रित तथया्ङ्क ) डिजिटल प्रबिधिमा रेकड राख्ने र हरेक साल अपडेट गर्ने, जसले गर्दा गाबिस मा भएका बिध्यार्थि को रेकड मात्र नभइ सक्लरर्सिप को लागि पनि सजिलो हुन्छ र प्रगति समिक्षा मा पनि यथार्थ रुप थाहा हुन्छ।साथमा कुन कुन वार्ड मा कति को प्रायोरोटि दिन आबस्यक छ सुधार को लागि भन्ने।
१.३ माथि को तथ्यांक को आधार मा जसको कमाइ निम्न छ उनिहरुलाइ स्कलरसिप को ब्यबस्था गर्ने । जसका लागि सरकारि स्कुल मार्फत गाँउ मा भएका आर्थिक सम्पन्न बर्ग सँग उनिहरु का नाम स्कलर्सिप दिन आग्रह गर्ने र सरकारि सहयोग को भरमजदुर प्रयोग लिने।
१.४ प्राइभेट स्कुल हरु गाबिस मा चलिरहेका छन् त्यनिहरुलाइ गाबिस मा निम्न आयका बिध्यार्थि मध्य टोटल बाट ५०% लाइ अनिबार्य स्कलरसिप दिन लगाउने।जसले गर्दा यसको भार सरकारि स्कुल मा मात्र पर्दैन ।
१.५ सरकारि स्कुल लाइ समय सान्दर्भिक बनाउन नयाँ सैलि को पढाइ लाइ महत्व दिने। जसमा शिक्षक हरु लाइ स्कुल स्तरमै हरेक महिना एक दिन ट्रेनिङ दिने(देश बिदेश बाट संकलन गर्न सकिने सामाग्रि को आधार मा )अनि अर्को महिना त्यसलाइ मुल्याङकन गर्ने गरेर ।

१.६ बिधालय नजाने भाइ बहिनि का परिवार लाइ केहि राहात दिएर त्यिनिहरुलाइ स्कुल पु्र्याउने।जसका लागि सिमित पैसा दिएर हुन्छ वा गाविस ले अरु कुनै फइदा दिएर हुन्छ । हाल रहेको शिक्षक र बिध्यार्थि को दुरि काम गर्ने प्रयास गर्ने र ब्यबसाहिक ट्युसन पढाउने शिक्षक हरु लाइ कर लगाउने वा त्यस मध्यको २४% स्कुल मा जाने गरेर ट्यसन सँचालन गर्न दिने र सरकारि स्कुल का शिक्षक को हक मा स्कुल ले ब्यबस्थागर्ने।

१.७. स्कुल अनि शिक्षण संस्थालाइ आधुनिकि करण गर्ने प्राबि वा निमाबि बाट स्कुल छोडेका हरुको लागि ब्यबसाहिक वा टेक्निकल शिक्षा मा जोड दिने। (साइकल, मोटरसाइल, गाडि मर्मत, मह उत्पादन, दुग्ध उत्पादन )।
१.८ हरेक ३ महिना मा एकदिन बिध्यार्थि, शिक्षक र अबिभावक बिच अन्तर्क्रिया कार्यक्रम राख्ने र अभिभावक लाइ अनिबार्यरुप मा भागलिन लगाउने नआउने ले फाइन तिर्न पर्ने बनाउने जसले गर्दा सामाजिक रुपमै शिक्षा अनि बिध्यालय को बारेमा चासो हुन्छ र बिकास को लागि त्यो अति आबस्यक छ ।
१.९ गाँउ मा रहेका कलेज मा अध्यनरत भाइ बहिनि अनि शिक्षक शिक्षिका मार्फत माथि तथ्याङक लाइ आधार मानेर हरेक दाजु दिदि लाइ प्रौढ अनि ब्यबसाहिक शिक्षा लाइ प्राथमिकता दिने। (साधारण ब्यपार गर्दा चाहिने सम्पुर्ण ज्ञान , पढाइ लेखाइ देखि लिएर हिसाब पनि)।
१.१० पर्यटकिय क्षेत्र नजिक भएका ले त्यस सम्बन्धि बिशेष कार्यक्रम चलाउने अनि त्यसका लागि त्यस क्षेत्रमा रहेका प्रयटन सम्बन्धि संस्थाहरुको सग्दो सहयोग लिने।
१.११ बिध्यालयहरु मा शिक्षक अनि बिध्यार्थि लाइ कम्प्युटर र इन्टरनेट सम्म पहुच पुर्याउने।जसका लागि गाबिस स्तर मा उठाइने कर को सदुपयोग गर्ने।
१.१२ गाबिस मा रहेको कलेज लाइ पनि माथि को नियम हरु लागु हुनेछ ।
१.१३ गाबिस मा जति संचालन भएका घरेलु बाहेक अरु ब्यबसहिक प्रतिष्ठान हरुलाइ अनिबार्य रुपमा कलेज को बिध्यार्थि लाइ कलेज बिदा (समर होलिडे )को समय मा इन्टरसिप (पैसा दिएर बा नदि)को रुप मा काम दिन र गाबिसकै बिध्यार्थि को हक मा अनिबार्य गर्नै पर्ने बनाउने जसले गर्दा गाँउमा , बिध्यार्थि को सिप को बिकास हुन गइ पछि बेरोजगार रहनु पर्ने स्थिति र काम को लागि सहर छिर्ने प्रर्बिर्ति कम हुने छ ।
१.१४ गाबिस भरि का बिध्यालय मा सकेसम्म गाँउकै दाजु , दिदि भाइ बहिनि लाइ पढाउने मौका दिने जसले गर्दा स्कुल मा आफ्नो गाँउ प्रति बढि उदारदाहि हुने र गाँउ का मनिस सँग काम गर्न पनि सजिलो हुनेछ। जसले गर्दा तल्लो तह सम्म पहुच हुने छ बिध्यालय को ।

१.१५ गाबिस का हरेक वार्ड मा लाइब्रेरि को अवधारणा पुर्याइने छ, जुन गाँउ कै कलेज अध्यनरत युबा बर्ग बाट हुने छ । जसका लागि यबा क्लब (युवा कल्ब) हरु को गठन गरिने छ जसले लाइब्ररि लगायत खेलकुद प्रतियोगिता गर्ने छ जसले गर्दा गाँउ मा जातियता , छुवाछुत, कुरिति जस्ता कुरा हरु हराउन मा मद्दत मिल्ने छ ।जसले गर्दा हरेक लाइ पढने बानि बसालने छ । यसको लागि लाग्ने पैसा युबा हरु ले नै उठाउने छन बिभिन्न प्रोग्राम गरेर अनि सदस्य सुल्कबाट। तर यसको पत्र पत्रिका को बयबस्था गाबिस ले गर्ने छ।

१.१६ गाँउ मा हरेक वार्ड रहेका बुद्दिजिबि अनि समाजसेबि हरु बाट कल्ब हरु को गठन गरिने छ (बिकास क्लब) जसले गाँउ मा हरेक महिना एक एक क वटा ट्रनिङ चलाउने छन् , जस्तै पशुपलान ( दुग्ध संकलन, कुखुरा पालन, बाख्रा पालन आदि ) ब्याबसहिक (तरकारि,खुद्रा पसल) , टेकनिकल (साइकल, मोटरसाइकल , टयाक्टर, गाडि मर्मत, बिजुलि बत्ति जडान , रेडियो टिभि मर्मत ) र यसमा सहभागि हरुको लागि ब्यबसाय मा लाग्न सहयोग गर्ने छ । जसले गर्दा गाँउ मा ने थन्केर रहेको सिप, पैसा र मानपावर को सदुपयोग हुन जानेछ । यसको ब्यबस्था आधा त्यस क्लब का मेम्बर ले गर्नेछन जसमा मेमबरसिप सुल्क , ट्रेनिङ फि , चन्दा संकलन जस्ता रहनेछन । आधा गाबिस ले बेहोर्ने छ ।

१.१७ हरेक तिन महिना मा गाबिस भरि रहेका क्लब हरु अनि गाबिस र बार्ड का सदस्यहरु को एक ठाँउ मा जमघट हुने छ र त्यसको प्रगति र प्रगति का पाइला मा आएका ब्यबधान लाइ पन्छाउने प्रयास गरिने छ ।क्लब हरु को हक मा यि सबै काम का लागि भोलेन्टियर ले गर्ने छन।

१.१८ गाबिस ले गाबिस का सम्पुर्ण बासिन्दा को घर मा भोलिएन्टर को फर्म पठाउने छ जुन अपसनल हुनेछ र फर्म फिर्ता भएर आए पछि त्यसैको आधार मा हरेक बार्ड मा भोलिएन्टर हरु को लिस्ट तयार गरिन्छ र त्यिनै मध्यका ले माथि का क्लवहरु को संचालन गर्नेछन।जसले गर्दा मानिसहरु को शिक्षामा ज्यादा पहुचहुनेछ ।

१.१९ बिदेश मा बसेका दाजु दिदि भाइ बहिनि लाइ गाबिस का शैक्षक बिकास सम्म आप्नो पहुच राख्न निम्न बर्ग का बिध्यार्थि हरु को लागि स्कलरशिप दिन को लागि आग्रह गरिने छ। त्यस साथै बिदेश स्थित दाजु दिदि भाइ बहिनि हारु को संस्था खोलिने छ, जसले बिदेशमा रहेका त्यस गाबिस सँग सम्बन्धित मानिस सम्म गाबिस को शैक्षिक प्रगति को बिबारण मात्र दिन्न त्यिनिहरु ले स्पनसर गरेका भाइ बहिनि को प्रगति समिक्षा पनि दिनेछन ।यो संस्थाले बिदेसबाट गाबिस र यसको शैक्षिक सुधार मा हुन सक्ने जुनसुकै सहयोग को लागि पनि पहल गर्ने छ ।

क्रमस ........................................................................